News

Sep 14, 2012

विवादास्पद टापुका कारण चीन र जापानबीच फेरी तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापान - विवादास्पद टापुका कारण चीन र जापानबीचको तनाव फेरी चुलिएको छ । ईस्ट चाईना सी को टापुहरुमाथी दुबै देशले दावी गरिरहेको बेला चीनले ६ वटा पानी जहाज विवादित जलक्षेत्रमा तैनाथ गरेको छ । हाल जापानको नियन्त्रणमा रहेको मुख्य विवादित टापुलाई जापानमा सेन्काकु भनिन्छ भने चीनमा दियायु भनिन्छ । मानव वसोवास नभएको उक्त टापुहरु प्राकृतीक स्रोत, खनिज र तेलको भण्डार मानिन्छ । टापुका नीजि मालिकसँग जापानले यसै हप्ता टापु खरिद गर्ने सम्झौता गरेको थियो । टापुमाथि जापान सरकारको प्रत्यक्ष नियन्त्रण हुने देखेपछि चीनले आफ्ना पानी जहाज तैनाथ गरेको हो । टापुका किनारमा पुगेका दुईवटा जहाजलाई जापानी कोस्ट गार्डले चेतावनीसहित फर्काईदिएको खबर छ । तरपनि जहाजहरु विवादित जलक्षत्रमै रहेको बताईएको छ । जापानको ओकिनावा प्रान्तबाट दक्षिणतर्फ तथा ताईवानबाट उत्तरतर्फ पर्ने ईस्ट चाईना सी का यी टापुहरुमाथि ताईवानले पनि दावी गर्दै आएको छ । जापान सरकारले टापुमाथि जापानी सार्वभौम स्थापना गर्न टापु खरीद गरेको जनाएको छ भने चीनले टापुमाथिको आफ्नो वैधानिक दावी संस्थागत गराउन निरिक्षणका लागि जहाजहरु खटाएको बताएको छ ।

No comments: