News

Sep 19, 2012

चीनद्वारा जापानसँग आर्थिक सम्बन्ध टुट्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ - पूर्वी चीनमा रहेको डियायु टापुमाथि जापानी हस्तक्षेप हुने हो भने दुई देशबीचको आर्थिक सम्बन्ध टुट्ने चेतावनी चिनिया सरकारले दिएको छ । टापुकै कारण दुई देशबीचको व्यावसायिक सम्बन्ध विग्रियो भने त्यसको भागिदार जापान हुने जानकारी चिनिया वाणिज्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर दिएको छ । वाणिज्य मन्त्रालयका प्रवक्ता सीन डेनयोङका अनुसार जापानले पूरै जिम्मेवारी लिन परोस् भन्ने आफूहरुले नचाहेको बताए । जापान र चीनबीच वार्षिक रुपमा ३ सय ४० अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार हुँदै आएको छ । युरोपेली युनियन र अमेरिकापछि जापान चीनको तेस्रो व्यावसायिक साझेदार हो । जापानले डियायु टापु किन्ने कुराले चीनको भौगोलिक अखण्डतामाथि नै प्रहार गरेको कारण चिनियाले चित्त दुखाउनु स्वभाविक भएको डेनयोङले बताए । टापुका कारण चीनमा जापानी लगानीका उद्योगमाथि आक्रमण जारी छ ।

No comments: