News

Nov 10, 2008

विपक्षी दलहरुले शान्ति सम्झौता कार्यावयन नगरेकोमा आलोचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विपक्षी दलहरुले सरकारले विगतका शान्ति सम्झौता कार्यावयन नगरेको भन्दै सरकारको आलोचना गरका छन् । संविधानसभा व्यवस्थापिका संसदको बैठकमा समय मागेर बोल्दै कांग्रेस सभासद डा. रामशरण महतले विगतमा भएका बृहत शान्ति सम्झौता एवं सहमति कार्यान्वयनमा तदारुकता नदेखाएकाले आफुहरुले सरकारलाई छिटो कार्यान्वयनका लागि नौबुँदे माग राखेको जानकारी दिनुभयो ।
आफूहरुको मागको सम्बन्धमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा आएर जानकारी दिनुहुने भन्दै महतले रक्षामन्त्री रामबहादुर थापा वादलले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याका आरोपी विविधलाई भेटेकोबारे सञ्चारमाध्यमले पुष्टि गरिसकेको अवस्थामा झुटो बोलेर सदनलाई झुक्याएको आरोप लगाउनुभयो । तराइ मधेश लोकतान्त्रिक पार्टीका सभासद हृदेयश त्रिपाठीले माओवादीले जनयुद्धको बेलामा कब्जा गरेका घरजग्गा तत्काल फिर्ता गर्नुपर्ने माग गर्नुभयो । राप्रपाका सभासद प्रतिभा राणाले माओवादी पीडितको अवस्था अहिले पनि दयनीय भएको र उनीहरुको पुनःस्थापनामा सरकारले बेवास्ता गरेकोप्रति चिन्ता ब्यक्त गर्नुभयो ।


No comments: