News

Nov 11, 2008

विमानस्थलमा राजदूतहरूलाई उपस्थित गराउने प्रावधान हटयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री विदेश भ्रमणतर्फ प्रस्थान गर्दा र फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ तथा स्वागतका निम्ति नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुखहरूलाई उपस्थित गराउने प्रावधान हटाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले विमानस्थलमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई उपस्थित गराउने प्रावधान हटाई प्रधानमन्त्री जुन देशको भ्रमणमा जान लाग्नुभएको हो, सोही देशका राजदूत मात्र उपस्थित हुने नयाँ प्रावधान बनाएको छ।नयाँ प्रावधानुनसार नै भोलि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्लीमा हुने बिमस्टेकको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फप्रस्थान गर्दा बिदाइका लागि सम्बन्धित देशका राजदूतलाई मात्र विमानस्थलको अतिविशिष्ट कक्षमा उपस्थित हुन मन्त्रालयले पत्राचार गरेको स्रोतले बतायो।बिमस्टेक बैठकमा प्रधानमन्त्री सहभागी हुन जान लाग्नुभएकाले नेपालस्थित बिमस्टेक सदस्य राष्ट्रका राजदूतलाई मात्र भोलि विमानस्थल आउन पत्राचार गरिएको’ स्रोतले भन्यो।नयाँ प्रावधानअनुसार प्रधानमन्त्रीलाई बिदाइ गर्न भोलि विमानस्थलको अतिविशिष्ट कक्षमा नेपालका लागि भारत, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्डका राजदूतहरू मात्र उपस्थित हुने भएका छन्।स्मरण रहोस्, गएको भदौ २२ गते चाकडी शैलीप्रति कूटनीतिक असन्तोष’ शीर्षकमा नेपाल समाचारपत्रले आफनो प्रथम पृष्ठमा विमानस्थलमा स्वागत तथा बिदाइका निम्ति उपस्थित हुन परेकोमा विदेशी कूटनीतिक नियोगका प्रमुखले परराष्ट्र मन्त्रालयसँग गुनासो गरेको समाचार प्रकाशित गरेको थियो।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला गत भदौ महिनामा सम्पन्न र्सार्क शिखर सम्मेलनमा सहभागी बनी श्रीलंकाबाट भारत हुँदै नेपाल फर्कने क्रममा ३ घण्टा ढिला विमानस्थलमा आएपछि राजदूतहरूले मुखै खोलेर परराष्ट्रसँग आफूहरूलाई विमानस्थलमा उपस्थित नगराउन अनुरोध गरेका थिए।

No comments: