News

Nov 13, 2008

मंसिर १ गतेदेखि संविधान निर्माण सुरु हुने - सुवास नेम्बाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सभामुख सुवास नेम्बाङले संविधान मस्यौदा समितिको सहमति एकजुट भइसकेकाले यही कात्तिक २९ गते नियमावली पारित हुने बताउनुभएको छ । नियमावली पारित भइ मंसिर १ गतेदेखि संविधान निर्माण सुरु हुने उहाँले बताउनुभयो । रौतहट उद्योग वाणिज्य सङ्घद्वारा आयोजित मध्यमाञ्चल महोत्सव, २०६५ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।जनताले पुन आन्दोलन गर्न नपरोस्, हत्या र हिंसाको राजनीति गर्न जरुरी नपरोस्, सम्पूर्ण नेपाली जनताको हकअधिकारलगायत मौलिक हकमाथि समेत पुनविचार गर्न जरुरी नपरोस् भन्ने दृष्टिले अब समुन्नत नेपाल बन्ने अभिलाषा लिएका जनताको इच्छा पूरा हुने संविधान बनाउन सबै पुन एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

No comments: