News

Nov 10, 2008

कर्तव्य र दायित्व सम्झी कर बुझाउन करदातालाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा.बाबुरामले राज्यका लागि कर्तव्य र दायित्व सम्झी कर बुझाउन करदातालाई आग्रह गर्नुभएको छ । राजस्व अनुसन्धान विभागद्वारा आइतबार राजधानीमा आयोजित राजस्व परिचालन तथा चुहावट नियन्त्रण विषयक अन्तरक्रियामा उहाँले सरकारले जबरजस्ती कर असुल नगर्ने बताउँदै सरकारले घोषणा गरेका करसम्बन्धी नीति तथा कार्यक्रम दृढतापूर्वक लागू गरिने बताउनुभयो ।करदातालाई आतङ्कित पार्ने ढङ्गले नभई विनम्र ढङ्गले नीति तथा कार्यक्रम कार्यान्वयन गरिनेछ- उहाँले भन्नुभयो । मन्त्री भट्टराइले राजनीतिक दल, कर्मचारीतन्त्र र करदाताको मिलेमतोबिना राजस्व चुहावट हुनै सक्दैन भन्दै राजनीतिक नेतृत्व भ्रष्टाचारमुक्त हुनुपर्छ, अहिलेको सरकार व्यवहारमा त्यसलाई लागू गर्न चाहन्छ भन्नुभयो ।अर्थसचिव रामेश्वर खनालले राजस्व चुहावट नियन्त्रण गर्न सरकारले विभिन्न योजना अगाडि सारेको तर तिनीहरूको कार्यान्वयन करदातालाई पेलेर, त्रसित बनाएर नभइ सहमति र सूचनाका आधारमा गरिने जानकारी दिनुभयो ।

No comments: