News

Nov 13, 2008

प्रचण्ड र श्रीलङ्काका राष्ट्रपति बीच नयाँदिल्लीमा भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजापाक्षबीच आज बिहीबार भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ । भेटवार्तामा राष्ट्रपति राजापाक्षले लुम्बिनी विकास कार्यक्रमलाई सहयोग पुर्‍याउने बताउँदै दुइ देशबीचको व्यापार-वाणिज्यलाई विस्तार गरी लाभान्वित हुनुपर्ने र दुइ देशबीच सिधा हवाइ सम्पर्क स्थापना हुनुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति राजापाक्षलाई नेपाल भ्रमणका लागि दिनुभएको निमन्त्रणामा राष्ट्रपति राजापाक्षले छ महिनापछि नेपाल आउने इच्छा व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्रीले श्रीलङ्कामा स्वास्थ्य र शिक्षा निशुल्क भएअनुरूप नेपालमा गर्न सकिने कार्यबारे परामर्शका लागि श्रीलङ्काबाट आवश्यक जनशक्ति पठाउने व्यवस्थाका लागि अनुरोध गर्नुभयो । भेटवार्तामा दुवै नेताले द्विपक्षीय पर्यटन प्रवर्द्धन र जनता-जनताबीचको सम्बन्ध विस्तारमा पनि जोड दिनुभएको थाहाभएको छ । परराष्ट्रमन्त्री उपेन्द्र यादव पनि भेटघाटका अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

No comments: