News

Nov 13, 2008

नेकपा मालेमा तीव्र विवाद, केही नेता अलग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा मालेका महासचिव सिपी मैनालीले पार्टी हितविपरित काम गर्नुका साथै दक्षिणपन्थी राजनीतिक विचारको पक्षपोषण गर्दैआएको आरोप लगाउँदै दलका केही कार्यकर्ताले आफूहरू नेकपा मालेबाट अलग भएको घोषणा गरेका छन् ।नेकपा मालेको तेस्रो राष्ट्रिय सम्मेलनले मालेमा र नयाँ जनवादी क्रान्तिको सिद्धान्तलाई मार्गदर्शक मानी अन्य वामपन्थी दलहरूसँग सैद्धान्तिक आधारमा एकता गर्ने नीति लिए पनि महासचिव मैनालीले प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।साथै उनीहरूले दलको अलग्गै संयोजन समिति निर्माण गरी पार्टी सञ्चालन गर्ने गरी बाह्र सदस्यीय कार्यसमिति समेत बनाएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् । संयोजन समितिमा दिवाकर शर्मा, राम आचार्य, केशव नेपाल, नवराज शर्मा, दिनेश पन्थी, पदम भण्डारी, होमकुमारी हृवापुङ, वशन्त नेपाल, इन्द्रकुमार झा, वच्चु राइ, मङ्गल चौधरीलगायत रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्यमा उल्लेख छ ।

No comments: