News

Nov 10, 2008

तराइ बन्दका कारण जनजीवन प्रभाबित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पिछडा बर्गले आहृवान गरेको तराइ बन्दका कारण आज सोमबार बिहानैदेखि पूर्वी तराइका बिभिन्न जिल्लाहरुको जनजीवन प्रभाबित बनेको छ । बिहानैदेखि पूर्वी तराइका जिल्लामा सवारीसाधन चल्न सकेका छैनन भने जिल्लाका मुख्य शहर तथा उद्योग व्यवसाय समेत ठप्प भएका छन् । बन्दका कारण सिराहा, सप्तरी महोत्तरी, मोरङ, लगायतका जिल्ला बढी प्रभावित भएका छन् । आफुहरुको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै पिछडा बर्ग महासंघले तर्राई बन्दको आहृवान गरेको हो । राज्यका हरेका निकायमा आफुहरुको पनि समान प्रतिनिधित्व हुनपर्नेलगायत बिभिन्न १२ सूत्रीय माग राख्दै दलित र जनजातीभित्र नपर्ने बिभिन्न २४ जातिहरुले बन्दको आहृवान गरेका हुन् । यसैबीच अज्ञात समूहले ठेक्केदार मणिलाल श्रेष्ठलाई गोली हानी घाइते बनाएको बिरोधमा रौतहट पौराइका स्थानीयले आज बिहानैदेखि रौतहट सडक खन्ड अबरुद्ध पारेका छन् । दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयाले सडक अबरुद्ध पारेका हुन् ।ठेक्केदार श्रेष्ठलाई चार दिनअघि घरमै बसेका अज्ञात समूहले गोली हानी घाइते बनाएको थियो । उनको काठमाडौंमा उपचार भइरहेको छ ।

No comments: