News

Nov 9, 2008

बिदेशमा बस्ने नेपालीहरुले अर्को चुनावसम्म भोट हाल्न नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,वासिङटन डिसी
बिदेशमा बस्ने नेपालीहरुले गत संबिधान सभाको चुनावमा त भोट हालन पाएन् पाएनन्, नयाँ संबिधान बनेपछिको चुनावमा पनि भोट हाल्न नपाउने भएका छन् । अमेरिका भ्रमणमा रहेका प्रमुख निर्बाचन आयुक्त भोजराज पोखरेलले आज वासिङटन डिसीमा आयोजित एक कार्यक्रममा उक्त कुरा खुलास गर्नुभएको हो ।प्रमुख निर्बाचन आयुक्त पोखरेलको सम्मानमा अमेरिकाका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आयोजना गर्नुभएको रात्रीभोजसहितको एक अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्बाचन आयुक्त पोखरेलले भन्नुभयो - गैर कानूनीरुपमा बसेका नेपालीहरको कारणले गर्दा कानुनीरुपमा बसेका नेपालीहरु पनि मताधिकारबाट वञ्चित हुनु परेको हो, तपाईहरुलाई एउटा गोप्य कुरा भन्छु, तपाईहरु जति कराएपनि अझै एक दुइवटा चुनावसम्म बिदेशमा बस्ने नेपालीहरुले भोट हाल्न पाउने छैनन् । प्रमुख आयुक्त पोखरेलले आफ़्नो एक घण्टा लामो भाषणमा नेपालका राजनैतिक दलका नेताहरु तथा पार्टीले गरेका बडो गोप्य गोप्य कुराहरुको जानकारी गराउनुभएको थियो । कार्यक्रममा खेम भट्टचन, प्रेम संग्रौला, गिरिश पोखरेल, होमराज आचार्य, सुश्री बिष्णु थापा, सुश्री शिमा धामी, डा. सुकदेव शाह लगायतका महानुभावहरुले जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा नेपाली पोष्ट डट कम, बिश्वपरिक्रमा पत्रिका, डिसी नेपाल डट कम, समुद्रपारि डट कम लगायतका सञ्चारमाध्यमसंग आबद्ध पत्रकारहरु र वासिङटन डिसी क्षेत्रका प्रबुद्ध ब्यक्तित्वहरुको उपस्थिति थियो ।

No comments: