News

Nov 9, 2008

५०० गाउँ विकास समितिमा टेलिफोन सेवा पुर्‍याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सरकारी सञ्चारमाध्यमलाई दल विशेषको पक्षमा बढी प्रयोग गरिएको कुरालाई खण्डन गर्नुभएको छ । संसदमा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रमम उहाँले सरकारी सञ्चारमाध्यममा मन्त्रीको हैसियतले आफूले कुनै पनि किसिमको दवाव नदिएको दाबी गर्नुभयो ।सबै प्रकारका सरकारी सञ्चारमाध्यमले पेशागत मर्यादा र व्यावसायिकतालाई आत्मसात गरेर अघि बढ्न उत्प्रेरित गरिएको बताउँदै सरकारी सञ्चारमाध्यम विगतको तुलनामा बढी वस्तुपरक र स्वतन्त्र भएको बताउनुभयो । मन्त्री महराले सञ्चारमाध्यममा महिलाको सङ्ख्या बृद्धि गर्ने, हुलाक सेवालाई गाउँस्तरमा अझ विस्तार गर्ने तथा सूचनाको हकको उपयोगमा आमजनताको पहुँच सिर्जना गर्ने प्रयास भइरहेको बताउनुभयो ।पत्रपत्रिकाका लागि सरकारी विज्ञापन उपलब्ध गराउँदा कुनै पनि प्रकारको विभेद नहोस् भन्नेतर्फ सरकार सचेत रहेको बताउँदै उहाँले समानुपातिक विज्ञापन नीति बनाउन र यसलाई ठोस रूपमा कार्यान्वयनमा ल्याउन चाँडै कार्य थालनी हुने जानकारी दिनुभयो ।मन्त्री महराले यही आर्थिक वर्षमा टेलिफोन सुविधा नपुगेका ५०० गाउँ विकास समितिमा टेलिफोन सेवा पुर्‍याइने, नेपाल टेलिकमको क्षमता विस्तार गरी मुलुकका विभिन्न स्थानमा सहज र गुणस्तरीय टेलिफोन सेवा उपलब्ध गराइने तथा नेपाल टेलिभिजन र रेडियो नेपालको प्रसारण क्षमता विस्तार गरी सबै स्थानबाट सुन्न र हेर्न सकिने बनाउन काम गरिने बताउनुभयो ।

No comments: