News

Nov 11, 2008

१०७ मुलुकमा वैध र अवैध ढङ्गबाट झण्डै २५ लाख नेपाली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालबाट भारतबाहेक हाल विश्वका १०७ मुलुकमा वैध र अवैध ढङ्गबाट झण्डै २५ लाख नेपाली काम गर्न गएको जनाइएको छ । उनीहरुबाट उनीहरूबाट बर्सेनि एक खर्बभन्दा बढी रेमिटेन्स आउने गरेको जनाइएको छ । राजधानीमा प्रगतिशील रोजगार व्यवसायी मञ्चको घोषणासभामा सोमबार यस्तो जानकारी दिइएको हो ।कार्यक्रममा एमाले महासचिव झलनाथ खनालले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगट्ने वैदेशिक रोजगारीलाई वैज्ञानिक, व्यवस्थित र पारदर्शी ढङ्गबाट सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । स्वदेशमै रोजगारीको सिर्जना गर्न दक्ष जनशक्ति विदेश पठाउने र रेमिटेन्सको सही उपयोग गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी भएको बताउनुभयो ।श्रम तथा रोजगार प्रबर्द्धन विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले छिट्टै श्रम र रोजगार दुइ अलग विभागको गठन, न्यायाधिकरण, श्रम सहचारी राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष तिलक रानाभाटले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक भएको बताउँदै वैदेशिक रोजगार ऐन २०६४ लाई समयअनुकूल परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो ।

No comments: