News

Nov 13, 2008

नयाँ राष्ट्रगान हुलाक टिकटमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हुलाक सेवा विभागले नेपालको राष्ट्रगानको पूर्ण पाठ र केशर पुस्तकालयको शत्वार्षिकीको उपलक्ष्यमा प्रकाशित दुइ हुलाक टिकट प्रचलनमा ल्याएको छ । उक्त दुवै हुलाक टिकटमा केशर पुस्तकालय हातामा रहेको स्वप्न बगैंचामा आयोजित समारोहमा शिक्षा मन्त्री रेणुकुमारी यादवले प्रथम दिवसीय टाँचा लगाउनुभयो ।कलाकार मोहननरसिंह राणाले डिजाइन गनुभएका ती टिकटमध्ये राष्ट्रगान टिकटको मूल्य रू. एक र केशर पुस्तकालय टिकटको रू. पाँच रहेको छ । शिक्षामन्त्री यादवले नेपालको राष्ट्रगानलाई जीवन्त तुल्याउन हुलाक टिकटको प्रकासनले मद्दत पुर्‍याउने बताउनुभयो ।

No comments: