News

Nov 11, 2008

प्रधानमन्त्रीले बिधायिका संसदमा सम्वोधन गर्दैछन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विनियोजन विधेयक अन्तरगत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबारे सभासदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले बिधायिका संसदमा सम्वोधन गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिधायिका संसद बैठकमा सम्वोधन गर्दैछन् । ब्यवस्थापिका संसदले प्रकाशित गरेको कार्यसूची अनुसार, विनियोजन विधेयक अन्तरगत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रिय योजना आयोग सचिवालयबारे सभासदहरुले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले कार्तिक २६ संसदमा बोल्न लागेका हुन् । आजै विधायिका बैठकमा विनियोजन विधेयकको बिभिन्न मन्त्रालयका शीर्षकमा नेपाली कांग्रेस सभासदहरुले राखेको खर्च कटौती प्रस्तावहरु पनि निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम छ । आज बिहान ११ बजे बिधायिका संसदको बैठक हुने भनिए पनि साढे १ बजेसम्म सुरु भएको छैन ।

No comments: