News

Nov 10, 2008

दरबारमार्गमा दोहोरो गोली हानाहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दरबारमार्गस्थित विन्पी रेस्टुरेन्टमा आइतबार बेलुकी दोहोरो गोली हानाहान हुँदा प्लाटिनो डिस्कोका सञ्चालक अमृत लामा घाइते भएका छन्। सो रेस्टुरेन्टमा खाजा खाइरहेका लामा र कुमार घैंटेमाथि काभ्रेली समूहका दाबा लामा र विष्णु लामाले एक्कासि गोली फायर गरेपछि दोहोरो गोली हानाहान हुँदा लामा घाइते भएको प्रहरीले जनाएको छ। लामो समयदेखि दुइ समूहबीच दुस्मनी रहँदै आएको थियो। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ। उनको देब्रे तिघ्रामा गोली लागेको प्रहरीले जानकारी दिएको छ।विगत केही समययता काभ्रेली समूहका नाइके गणेश लामाको समूहले राजधानीमा हप्ता असुली र व्यक्ति अपहरण तथा लुटपाट गर्दै आइरहेको भए पनि नेकपा माओवादीको संरक्षँणका कारण प्रहरीले उसको समूहलाई पक्राउ गर्न सकेको थिएन। बालुवा, टेन्डरदेखि विभिन्न अवैध काममा सक्रिय हुँदै आएको सो समूहले राजधानीमा सक्रिय अन्य समूहमाथि दबाब दिँदै आएको प्रहरी अधिकृतहरूले बताएका छन्।

No comments: