News

Nov 9, 2008

पासाङ प्रधानसेनापति बन्न सक्छन् : वामदेव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले माओवादी सेनाका कमान्डर नन्दकिशोर पुन पासाङ पनि भविश्यमा नेपाली सेनाको प्रधानसेनापति बन्नसक्ने बताएका छन् ।प्रेस चौतारी बाँकेद्वारा नेपालगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गौतमले भने, 'सेना समायोजन भइसकेपछि पासाङ पनि नेपाली सेनाकै सदस्य हुने भएकाले सैन्य दक्षता र योग्यताका आधारमा उनी प्रधानसेनापति हुन सक्छन् ।' सेना समायोजन समितिमा कांग्रेस सामेल हुने सम्भावना कायमै रहेको बताउँदै गौतमले त्यसका लागि पहल भइरहेको बताए ।कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा प्रहरीले खोजी गरिरहेका माओवादी सेनाका कमान्डर कालिबहादुर खाम विविध रक्षामन्त्री रामबहादुर थापा बादलसँग घुमफिर गरिरहेका छन्, भनिन्छ नि ? भन्ने पत्रकारको प्रश्नमा गौतमले भने, 'माओवादी सेनाको पोसाक सुरक्षाकर्मीको पोसाकसँग मिल्दोजुल्दो भएकाले झुक्किएको हुन सक्छ । तर, मलाई सुरक्षा अधिकारीहरूले यस सम्बन्धमा कुनै जानकारी गराएका छैनन् ।' आफ्नो गृहजिल्ला बर्दियाको गुलरिया नगरपालिकाका पूर्वमेयर एवं एमाले बर्दियाका नेता गोविन्दप्रसाद पाण्डेका हत्यारा हालसम्म पक्राउ नपरेकोमा आफू दुःखी भएको उनले बताए ।

No comments: