News

Nov 11, 2008

बेपत्ता बम्जन जंगलमा सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोकुल घोरसाइने (बारा) बाराको हलखोरिया जंगलमा तीन वर्षेखि तपस्यामा बस्दै
आएका भनिएका रतनपुरी गाविसका रामबहादुर बम्जनले सोमबार आफना भक्तजनहरूलाई भेला गराएर प्रवचन दिएका छन्। बम्जनले धर्मशास्त्रले निर्देशन गरेअनुसार समाज नचलेकाले देशमा हत्याहिंसा बढेको बताएका छन्। धर्म पालन गर्न छोडेकाले नै हत्याहिंसा बढेको र मानिसले दुःख पाएका हुन्’ -उनले भने। बम्जनले तपस्याको माध्यमबाट आफू समाजमा शान्ति ल्याउन लागिपरेको दाबीसमेत गरे।४५ मिनेट चलेको प्रवचनमा प्रतिप्रश्न गर्न दिइएको थिएन। बम्जनले यसबीचको आफनो दिनचर्याबारे कुनै कुरा बताएनन्।

No comments: