News

Nov 11, 2008

मुलुकमा विखण्डन ल्याउन चाहनेको सपना कहिल्यै पनि पुरा नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले मुलुकमा विखण्डन ल्याउन चाहनेको सपना कहिल्यै पनि पुरा नहुने बताउनुभएको छ । भारतीय समाजवादी नेता जयप्रकाशनारायणको १०६औँ जन्मतिथिका अवसरमा सप्तरीमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।नेता सिंहले संविधानसभाको सफल निर्वाचन र गणतन्त्र स्थापना भइसकेको अवस्थामा विखण्डन गर्नेको चाहना पुरा नहुने बताउनुभएको हो । दिल्ली विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक तथा विहार विधानसभाका पूर्वसदस्य विनोदानन्दप्रसाद सिंहले नेपाल र भारत दुवै प्राचीन सभ्यताको मुलुक भएकाले आधुनिकीकरणको नाउँमा चलेको पश्चिमी हावाबाट मुक्त रहनुपर्ने बताउनुभयो ।

No comments: