News

Nov 13, 2008

बिमिस्टेकको दोस्रो शिखर सम्मेलन नया दिल्लीमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बंगालका खाडी देशहरुको सामूहिक प्रयास बिमिस्टेकको दोस्रो शिखर सम्मेलन आज बिहीबार भारतको नया दिल्लीमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिहंले गर्नुहुनेछ । सम्मेलनमा अन्तर्राष्ट्रिय आतंकवाद बिरुद्धको लडाइ, अबैध लागूपदार्थको ओसार प्रसार तथा अन्तरदेशीय आपराधिक संगठनका बिषयमा छलफल हुने जनाइएको छ ।यसैगरी केही महत्वपूर्ण बिषयमा हस्ताक्षर समेत हुने बताइएको छ । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो साँझ भारतीय समकक्षी डा. मनमोहन सिंहसंग भेटबार्ता गर्नुभएको छ ।प्रधानमन्त्री सिंहको निवास सेभेन रेस कोर्सरोडमा भएको भेटमा यसअघि भएका सन्धि सम्झौता पुनरावलोकन र द्धिपक्षीय सहयोगका लागि बनाएका संयन्त्र सक्रिय पार्न दुबै नेता सहमत भएका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको जलस्रोतका क्षेत्रमा लगानी गर्न भारत सरकारलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको हैसियतमा दोस्रोपटक भारत जानुभएका प्रचण्ड भोलि शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

No comments: