News

Nov 13, 2008

६ जना नेपाली पाकिस्तानको जेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विगत चार महिनादेखि ६ जना नेपाली पाकिस्तानको जेलमा रहेको खुलासा भएको छ । पाकिस्तानको पेसावर केन्द्रिय जेलमा उनीहरु रहेका छन् । अफगानिस्तानबाट अवैध रुपमा पाकिस्तानको पेसावर पुगेका उनीहरु पक्राउ परी जेलमा परेको जनाइएको छ । गत जेठ २९ गते पक्राउ परेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।पाकिस्तानी जेलमा रहेका नेपालीहरुमा नुवाकोटका बुद्धिमान तामाङ, श्यामलाल तामाङ, प्रेमबहादुर तामाङ, धादिङका चन्द्रबहादुर तामाङ, सुब्बाबहादुर तामाङ र पोखराका तीर्थबहादुर तामाङ रहेका छन् । उनीहरुमाथि त्यहींको अदालतमा मुद्दा चलिरहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

No comments: