News

Nov 13, 2008

प्रचण्ड र भारतीय प्रधानमन्त्री बीच भेटघाट तथा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहसँग भेटघाट तथा छलफल गर्नुभएको छ । बिमस्टेकको दोस्रो शिखर सम्मेलनका क्रममा नयाँदिल्ली पुग्नुभका प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्रीबीच नेपालको जारी शान्ति प्रक्रिया, विकसित राजनीतिक घटनाक्रम, जलस्रोतको समुचित विकास एवं विस्तार, कोसी कटान र त्यसले उब्जाएको दुवैतर्फका समस्यासम्बन्धी छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।करिब आधाघण्टा भएको बैठकमा प्रधानमन्त्री दाहालको दुइ महिनाअघि भएको भारत भ्रमणपछिको विकसित परिस्थिति, त्यसबेलाका छलफल, समझदारीलगायतका विषयमा पुनरवलोकनसहित आगामी दिनमा चाल्नुपर्ने पहलकदमीका विषयमा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री डा. सिंहले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र प्रजातान्त्रिकीकरण प्रक्रियालाई मजबुत तुल्याउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।यसैगरी भारतीय प्रधानमन्त्रीले कोसी कटान र त्यसबाट सिर्जित समस्या समाधानका लागि आपसी सहयोग र सहकार्य हुनुपर्ने तथा दुवैतर्फका जनताको बृहत्तर हित र आपसी लाभका लागि ध्यान जानुपर्ने बताउनुभयो । छलफलका क्रममा पछिल्लो दुइ महिनाका बीच जलस्रोत, गृह र वाणिज्य तथा आपूर्ति सचिवस्तरीय बैठकका छलफल र निष्कर्ष सम्बन्धमा पनि पुनरवलोकन भएको थियो ।

No comments: