News

Nov 10, 2008

संविधानसभा नियमावली मस्यौदा संविधानसभा वैठकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मस्यौदा समितिले तयार पारेको 'संविधानसभा नियमावली मस्यौदा' संविधानसभा वैठकमा प्रस्तुत गरिएको छ । संविधानसभा नियमावली मस्यौदा संविधानसभा वैठकमा प्रस्तुत गरिएको छ । नियमावली मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छेले सो मस्यौदा कार्तिक २५ गतेको वैठकमा प्रस्तुत गरेका हुन । संयोजक विजुक्छेले व्यवस्थापिका संसद कार्यविधि नियमावली मस्यौदा समेत वैठकमा प्रस्तुत गरे । संविधानसभामा सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिने कि पार्टी ह्विप लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि नियमावली लामो समयसम्म पारित हुन सकेको थिएन । समितिको कार्तिक २४ गतेको वैठकले, विवेकको मत कि पार्टी ह्विप भन्ने उल्लेख नगरेरै नियमावली पास गरेको थियो । यसैवीच गत साउन १२ गतेदेखि स्थगित संविधानसभाको ११ औं वैठक आज बसेको हो । संविधानसभाको अर्को वैठक कार्तिक २६ गते व्यवस्थापिकाको वैठक सकिएको आधा घण्टापछि बस्ने सभामुख सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।

No comments: