News

Nov 15, 2008

भारतमा रहेका माओवादी बन्दी मुक्त गर्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रीय सञ्जाल सुदृढ तुल्याउन तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्न बिम्स्टेक सम्मेलन सफल भएको बताउनुभएको छ । भारतबाट फर्केपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।गरिबी निवारण, मौसम परिवर्तन, क्षेत्रीयस्तरमै यातायात सञ्जाल विकास एवम् विस्तार गर्न, जलविद्युत्को समुचित प्रयोग गर्न, उर्जा संरक्षणमा जोड दिन, पर्यटन प्रबर्द्धनमा सहयोग पुर्‍याउन, सञ्चारसंयन्त्रको विकासमा जोड दिन, सीमाक्षेत्रको आपराधिक गतिविधि नियन्त्रणमा लिन, वाणिज्य-व्यापार प्रर्बर्द्धन गर्न र यसक्षेत्रका जनताको जीवनस्तर अभिवृद्धि गर्नेजस्ता विषयमा शिखर सम्मेलन केन्द्रित रहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।उहाँले बिम्स्टेकको प्राथमिकता क्षेत्रभित्रका १३ विषयअन्तर्गत पर्यटन क्षेत्रको विकास एवम् विस्तार गरी अर्थतन्त्रमा सुधार ल्याउन सकियोस् भन्ने उद्देश्यका साथ नेपालमा पर्यटन केन्द्र स्थापना गर्ने भन्ने मागलाई सम्मेलनले सहमति जनाएको बताउनुभयो ।

No comments: