News

Nov 13, 2008

बस दुर्घटनामा सातजनाको मृत्यु ३६ जना यात्रु घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी जिल्लामा भएका दुइ छुट्टाछुट्टै बस दुर्घटनामा सातजनाको मृत्यु भएको छ । ३६ जना यात्रु घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट धरान जाँदै गरेको को२ख २१४० नम्बर.सन्जीवनी बस बुधबार राति सुनसरीको हाँसपोसामा पल्टँदा बसमा यात्रा गरिरहेका छजना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेहरूमा सुनसरीको महेन्द्रनगर चक्रघट्टी गाविसका गणेश पुरी, झापाको दुर्गापुरका २५ वर्षीय अमर खवास, विराटनगरका २२ वर्षीय मनिष घिमिरे, धरान २ का ४० वर्षीय सोहन सोहनी, सङ्खुवासभाको मादीका ओमनारायण पाख्रिन र ठेगाना नखुलेका ३१ वर्षीय राजकुमार खेखार रहेका छन् ।यसैगरी ना२ख ५४५० नम्बर ट्रकले च्याप्दा धनकुटाको आहालेका २२ वर्षीय मदन राइको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments: