News

Dec 3, 2008

चार वटा एजेण्डामा मन्त्री परिषद बैठकले छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चार वटा एजेण्डामा मन्त्री परिषद बैठकले छलफल तथा निर्णय गर्दैछ । मन्त्री परिषदको बैठक मन्त्री परिषद कार्यलय सिंहदरवारमा सुरु हुँदैछ । मंसिर १८ गते दिउँसो सुरु हुनलागेको मन्त्री परिषद बैठकको चार वटा एजेण्डा रहेको श्रोतले बताएको छ । श्रोतका अनुसार, सत्तारुढ दलहरुले बनाएको राजनीतिक समन्वय समिति, सेना समायोजन समितिमा नेपाली कांग्रेसको सहभागिता, द्वन्द्व पिडितलाई क्षतिपूर्ति तथा नेपाली कांग्रेसले कार्तिक २४ गते बुझाएको ९ बुँदे माग मन्त्री परिषदको आजको बैठकका एजेण्डा हुन् ।

No comments: