News

Dec 2, 2008

हात्तीपोलोमा चितवन निकुञ्ज विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
घरेलु टिम चितवन निकुञ्जले अन्तर्रराष्ट्रिय हात्तीपोलोमा सोमबार उत्कृष्ट प्रदर्शन गरेको छ । लिग चरणको अन्तिम खेलमा उसले बेलायती सहभागी ब्रिटिस गोर्खाज्लाई १०-७ गोलले पराजित गर्‍यो ।
पहिलो खेलमा आयोजक टाइगर टप्स बेलायतको पक्काचक्कास“ग पराजित भएपछि घरेलु दर्शक निराश भएका थिए । निकुञ्जको जितपछि दर्शक हौसिएका थिए । चक्काले आयोजक टिमलाई ६-५ ले पराजित गर्‍यो । दोस्रो खेलमा इन्डियन टाइग्रिसले बेलायतकै एयरटस्करलाई ३-२ ले पराजित गर्‍यो । तेस्रो खेलमा स्कटल्यान्डको सिभास रिगलले अमेरिकाको न्युयोर्क ब्लुमाथि ७-५ को जित रच्यो । टाइगर टप्सका कर्मचारी रामहरि केसीका अनुसार हात्तीपोलोमा देशी/विदेशी गरी ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
पर्यटक आकषिर्त गर्न र संरक्ष्ँणमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम चितवनको मेघौलीमा अन्तर्रराष्ट्रिय हात्तीपोलो सुरु भएको हो । सन् १९८२ देखि स्थानीय टाइगर टप्स होटलले प्रत्येक वर्षहात्तीपोलो आयोजना गर्दै आएको छ । टाइगर टप्सका अध्यक्ष्ँ जिम एडवार्डले यसको सुरुवात गरेका हुन् । प्रतियोगितापिच्छे यसलाई सरल बनाउन खेल नियम विकास गरिदै आएको छ । अहिलेसम्म प्रतियोगितामा आयोजकको सर्म्पर्कमा रहेका देशहरू मात्रै सहभागी हुने गरेका छन् ।

No comments: