News

Dec 3, 2008

चिनियाँ मन्त्रीले दुई सय मिलियन अमेरिकी डलर ऋण सहयोग दिने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ बिदेश मन्त्री याङ चिइचीले नेपालको बिकाश निर्माणका लागि दुई सय मिलियन अमेरिकी डलर ऋण सहयोग दिने प्रस्ताव राखेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ बिदेश मन्त्री याङ जिइचीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मंसिर १८ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक घण्टा लामो भेटवार्तामा दुई पक्षीय हित र चीनले नेपाललाई गर्ने सहयोगबारे केन्द्रित रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार हिराबहादुर थापाले बताए । चिनियाँ बिदेश मन्त्री तिन दिनको भ्रमणका लागि मंसिर १७ गते काठमाडौं आइपुगेका हुन् । भेटवार्तापछि त्यहाँ उपस्थित संचारकर्मीहरुलाई भेटबारे जानकारी दिदै चिनियाँ बिदेश मन्त्री जिइचीले तिब्बत मामिलामा नेपालले एक चीनको नीतिलाई समर्थन गरेकोमा आफूले नेपालको सह्राना गरेको तथा भविष्यमा पनि नेपालबाट यही नीतिको निरन्तरताको अपेक्षा राखेको बताए । प्रधानमन्त्रीका सल्लाहाकार थापाले प्रधानमन्त्रीले चिनियाँ बिदेशमन्त्रीलाई नेपालले एक चीनको नीतिलाई निरन्तरता दिनेमा ढुक्क हुन आग्रह गरेको उल्लेख गरे । आफूले प्रधानमन्त्रीसँग नेपालको बिकाश निर्माणका लागि २०० मिलियन अमेरिकी डलरको ऋण सहयोग दिने प्रस्ताव राखेको चिनियाँ बिदेश मन्त्रीले जानकारी दिए । यसैगरी, नेपालको उद्योग तथा ब्यापारमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरु पठाउने तयारी गरेको प्रधानमन्त्रीलाई आफूले बताएको पनि उनले उल्लेख गरे । 'चीनमा एक अर्व बौद्ध धर्म मान्ने छन्, नेपाल बुद्धको जन्म देश हो, हामी चिनियाँ पर्यटकलाई नेपाल जान पनि प्रोत्साहन गर्नेछौं' चिनियाँ बिदेश मन्त्रीले भने । प्रधानमन्त्रीका सल्लाहाकार थापाका अनुसार, प्रधानमन्त्रीले चिनियाँ बिदेश मन्त्रीसँग ल्हासादेखि काठमाडौंसम्मको रेलमार्ग बनाइदिन आग्रह गरेका थिए ।

No comments: