News

Dec 4, 2008

चीनले नेपाललाई एक करोड २० लाख रुपैयाँ सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनले नेपाललाई एक करोड २० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री उपेन्द्र यादव र नेपाल भ्रमणमा रहनुभएका चीनीयां विदेश मन्त्री याङ्ग जिचिले सहयोग सम्बन्धी सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गर्नुभएको हो । यसअघि चीनले ८८ करोड रकम सहयोग दिदै आएकोमा यसबर्षदेखि बढाएर १ अर्व २० करोड पुर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विदेश मन्त्री जिचिबीच पनि दुइपक्षीय हित तथा सहयोगका क्षेत्र विस्तारवारे छलफल भएको थियो । वालुवाटारमा भएको भेटमा चीनविरुद्ध हुने विरोधका कार्यक्रममा नेपालको भूमि प्रयाग गर्न नदिइने, नेपाल चीन सिधा रेलमार्ग सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने तथा व्यापारको क्षेत्र विस्तारवारे छलफल भएको थियो ।भेटमा जिचिले नेपालमा राष्ट्रिय सहमतिको सरकार गठन भएकोमा खुशी व्यक्त गर्नुभएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हिराबहादुर थापाले जानकारी दिनुभयो । तीन दिने नेपाल भ्रमणमा आउनुभएका विदेश मन्त्री जिचिले भोलि राष्ट्रपती डाक्टर रामवरण यादवसँग भेट गर्नुहु्ने र भोलि नै म्यानमार जानुहुने नेपालस्थित चिनिया दुताबासले जनाएको छ ।

No comments: