News

Dec 3, 2008

संविधानसभा परिसरमा भारतीय नम्बरको गाडी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सभासद्हरूले भारतीय दूतावासले उपहार दिएका मिनीबस चढ्दा राष्ट्रियतामाथि नै 'मजाक' हुने बताइरहेका वेला मंगलबार एक सभासद् भारत बिहार राज्यको नम्बर-प्लेट भएको गाडीमा सवार भएर संविधानसभा पुगे । संसद् सचिवालयले उपलब्ध गराउने सवारी-पाससमेत नभएको सो गाडीलाई सुरक्षाकर्मीले पनि विनारोकटोक भित्र छिर्न दिए ।मधेसी जनअधिकार फोरमका सभासद् शिवपूजन यादव द्यच् ज्ञब्ए द्दण्ण्छ नम्बरको भारतीय गाडी लिएर संविधानसभा पुगेका हुन् । गाडीमा सभासद् यादवका साथी पनि थिए ।
संविधानसभापरिसरभित्र सचिवालयको अनुमतिविना भारतीय नम्बर-प्लेटको गाडी लैजान पाइन्न । नेपाली नम्बर-प्लेटका गाडीसमेत संसद् सचिवालयले उपलब्ध गराउने सवारी-पास लिएर मात्रै भित्र छिर्न पाउने प्रावधान छ । तर, सभासद् यादव चढेको गाडीलाई भने सुरक्षाकर्मीले सहज रूपमा संविधानसभापरिसर छिर्न दिए ।संविधानसभापरिसरभित्र प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, उपाध्यक्ष र मन्त्रीहरूले चढ्ने गाडी मात्रै विनाचेकजाँच प्रवेश गर्न पाउँछन् । गाडी भएका सभासद् र अन्य गाडीहरू प्रवेश गर्दा संविधानसभा सचिवालय वा गृह मन्त्रालयले दिएको प्रवेशपास अनिवार्य हुन्छ ।सभासद् यादव चढेको गाडीमा बाराको पथलैयाबाट लिएको नबुझिने अस्थायी नम्बर-प्लेट राखिएको थियो । संविधानसभाको मूल गेटमा खटिएका प्रहरीले उनको गाडीलाई रोक्न खोजे पनि सभासद् यादवले 'सभासद्ले गाडी ल्याउन नपाउने ?' भन्दै उल्टै थर्काएका थिए । अन्य सभासद्ले झैं आफूले पनि सामान्य रूपमा गाडी चढेर आएको सभासद् यादवले बताए । 'भन्सार तिरिएको छ । अस्थायी नम्बर-प्लेट लिएका छौँ । अनि, के चाहियो ?' उनले प्रतिप्रश्न गरे । स्रोतका अनुसार उक्त गाडी बिहार सीतामाडीका वीरेन्द्र सिंहको हो । उनले सभासद् यादवलाई उपहारस्वरूप सो गाडी दिएका हुन् । सीतामाडी सर्लाहीको मलंगवाको सीमाक्षेत्र हो । तर, सभासद् यादवले भने गाडी आफ्ना साथी रामवली यादवको भएको दाबी गरेका छन् । रामवली फोरमका महाधिवेशन प्रतिनिधि हुन् । 'मेरो गाडी हो । यहाँ घुम्न आएको,' उनले लिम्वूवान डट व्लगस्पोट डटकमसित भने ।भारतीय नम्बर-प्लेट भएको गाडी संविधानसभापरिसरमा छिर्दासमेत सुरक्षार्थ खटिएको प्रहरी भने 'लाचार' बनेको यो पहिलो घटना हो । 'भारतीय नम्बर-प्लेटको गाडी नल्याउनुपर्ने हो । सभासद्ज्यूहरू आफैंले पनि नियम पालना गर्नुपर्ने हो,' संविधानसभामा खटिएको प्रहरी टोलीका प्रमुख डिएसपी दिलीप चौधरीले भने ।सर्लाही- ६ बाट संविधानसभा सदस्यमा निर्वाचित सभासद् यादवले चुनावमा तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र कांग्रेसका अमरेशकुमार सिंहलाई पराजित गरेका थिए ।

No comments: