News

Dec 4, 2008

उच्चस्तरीय राजनीतिक संयन्त्रलाई पूर्णता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार सञ्चालनमा सुझाव दिने उच्चस्तरीय राजनीतिक संयन्त्रले पूर्णता पाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बुधबार बसेको सत्ताधारी दलहरु माओवादी, एमाले, मधेशी जनअधिकार फोरम, नेकपा संयुक्त, जनमोर्चा नेपाल र सदभावना पार्टीका शीर्ष नेताहरुको बैठकले संयन्त्रलाई पूर्णता दिएको हो । नेतृत्व विवादका कारण दशैंअघि नै गठन गरीसक्ने भनिएको संयन्त्रले पूर्णता पाउन सकेको थिएन । संयन्त्रमा माओवादीका देवप्रसाद गुरुङ्ग र वर्षमान पुन अनन्त, एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे, मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र शरदसिह भण्डारी, जनमोर्चा नेपालका लिलामाणि पोखरेल र गिरिराजमणि पोखरेल, सदभावनाका लक्ष्मणलाल कर्ण र रामनरेश राय तथा नेकपा संयुक्तका सुनिल मानन्धर र चन्द्रदेव जोशी सदस्य रहनुभएको बैठकपछि सदभावनाका लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । कर्णका अनुसार संयन्त्रको नेतृत्वमा तत्कालको लागि माओवादीका देवप्रसाद गुरुङ्गलाई तोकिएको छ भने पहिलो बैठक बिहीबार बिहान ८ बजे बस्नेछ । यसैगरी संयन्त्रको लागि सिहदरवारमा छुट्टै कार्यालय स्थापना गरिने छ ।

No comments: