News

Dec 7, 2008

चीनले नेपाललाई १८ मिलियन युआन बराबर सैन्य सहयोग दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

उत्तरको छिमेकी राष्ट्र चीनले नेपाललाई १८ मिलियन युआन बराबर सैन्य सहयोग दिने भएको छ । रक्षामन्त्री रामबहादुर थापा वादल र चीनियां जनमुक्ति सेनाका उपप्रमुख लेफि्टनेट जनरल मा जियसनले नेपाली सेनालाई चीनले उक्त सहयोग दिने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नेपाल भ्रमणमा रहेको चीनियां टोलीसंगको भेटपछि संञ्चारकर्मीसंग कुरा गर्दै रक्षामन्त्री वादलले सहयोग रकमबाट हतियार भने नल्याइने प्रष्ट पार्नुभयो । रक्षामन्त्री वादलअनुसार भेटमन चिनिया टोलीले सेना समायोजनमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।यसैगरी चिनिया टोलीले नेपालको सार्वभौमसत्ता र आन्तरिक मामिला भने कुनै हस्तक्षप नगर्ने प्रतिवद्धता जनाएको रक्षामन्त्री वादलले बताउनुभयो । रक्षा मन्त्रीसंगको भेटपछि चीनियां जनमुक्ति सेनाको टोली आइतबारै पोखरा जाने भएको छ ।

No comments: