News

Dec 7, 2008

कांग्रेसको व्यवहारले देश दुर्घटनामा पर्ने चेतावनी - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको व्यवहारले देश दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । उहांले सेना समायोजन समितिमा बस्न नमान्ने र समायोजन गर्न नदिने अभिव्यक्ति दिएर कांग्रेसले सहमतिको राजनीतिमा किचलो झिकेको टिप्पणी गर्नुभयो ।नेपाल राष्ट्रिय यातायात व्यवसायी महांसंघको दोस्रो महाधिवेशनलाई आइतबार चितवनमा सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस समितिमा आए पनि नआए पनि अबको दुइ-तीन महिनाभित्र सेना समायोजन भइछाड्ने दाबी गर्नुभयो ।सेना समायोजन नभए शान्ति प्रकृया धरापमा पर्ने उहांको टिप्पणी थियो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सहमति तोडेको झुठो आरोप लगाएको तर माओवादी सधैं सहमतिको राजनीतिमा अघि बढेको उहांले दावी गर्नुभयो । उहांले भन्नुभयो- 'कसैले सरकार ढाल्न चाहेको छ भने उसले आफ्नो खुट्टामा बन्चरो हान्ने चाहना राखेको हो भन्ने बुझ्नुपर्छ ।'

No comments: