News

Dec 6, 2008

आदित्यनारायण झाले मुम्बईस्थित नयाँ घर किने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रसिद्ध पाश्र्व गायक उदीतनारायणका छोरा आदित्यनारायण झाले मुम्बईस्थित लोखन्डवालामा आवास भवन खरिद गरेका छन् । २१ वर्ष लागेका आदित्यले संगीतमा समय दिनका लागि छुट्टै आवासको व्यवस्था गरेको बताए । घर किने पनि बाबुआमासँग छुट्टिर बस्ने योजना आदित्यको छैन । भन्छन्, 'मैले रचनात्मक कामका लागि नयाँ घर किनेको हुँ ।' नयाँ आवासमा एउटा संगीत स्टुडियो र व्यायामशाला बनाउनेछन् आदित्य । यसको साथै आदित्यले फिल्मी यात्रा पनि सुरु गर्ने भएका छन् । विक्रम भट्टको नयाँ फिल्म सापितमा अभिनेताका रूपमा देखापर्ने भएका छन् उनी ।

No comments: