News

Dec 9, 2008

दुर्घटनामा पत्रकार र अधिकारकर्मी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगरबाट धनकुटाको छिन्ताङ हिँडेको ना३ख ३३४६ नम्बरको मानवअधिकारकर्मी, पत्रकार बोकेको बस भेडेटारनजिक मंगलबार साँझ सडकबाट तल खस्दा ३२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घाइतेहरुमा पत्रकार महासंघ मोरङका अध्यक्ष शम्भु भण्डारी, मोहन भण्डारी, मनोज श्रेष्ठ, सञ्जीव खनाल, विनोद भण्डारी, अधिकारकर्मीहरु सोमराज थापालगायत रहेका छन् । कतिपयको खुट्टा भाँचिएको छ भने अधिकांशको टाउकामा चोट लागेको छ । उनीहरू अन्तर्राष्ट्रिय मानवअधिकारको ६० औ वर्ष मनाउने क्रममा विराटनगरबाट छिन्ताङ जानेक्रममा दुर्घटना भएको हो ।

No comments: