News

Dec 9, 2008

'काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल' आयोजना हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा बुधबारबाट मंसिर ३० गतेसम्म 'काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल' आयोजना हुँदैछ । फेस्टिभलमा विभिन्न मुलुकका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएका छन् । नेपाल पर्यटन बोर्डलगायत संस्थाको आयोजनामा हुने फेस्टिभलमा पर्वतीय संस्कृति, जीवनशैली, पर्वतारोहण, वन्यजन्तु, पर्यावरण, भू-मण्डलीकरण, लैङ्गिकता र द्वन्द्वसम्बन्धी फिल्मको प्रदर्शन गरिनेछ । महोत्सवका ३६ भन्दा बढी देशबाट करिब २ सयभन्दा बढी फिल्मको आवेदन प्राप्त भएको र तीमध्ये १८ देशका ६४ फिल्म छानिएको जनाइएको छ । नेपाली फिल्म निर्देशक यादव खरेल, भारतीय फिल्मकर्मी उगेन छोपेल र अस्ट्रेलियाका पर्वतारोही तथा लेखक व्रिजिट मुइर सम्मिलित तीन सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक समितिले उत्कृष्ट फिल्मको छनोट गर्नेछ ।महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई अमेरिकी डलर एक हजार ५ सय, एक हजार र ५ सय बराबर रकम पुरस्कार दिइने तथा दर्शकहरूको मतका आधारमा कुनै एक फिल्मलाई 'अडियन्स अवार्ड' प्रदान गरिने बताइएको छ ।

No comments: