News

Dec 10, 2008

द्वन्द्वमा मध्यपश्चिमाञ्चलमा चार हजार १९७ जनाले ज्यान गुमाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

सशस्त्र द्वन्द्वका समयमा मध्यपश्चिमाञ्चलमा चार हजार १९७ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ । मानवअधिकार सञ्जालले नेपालगन्जमा बुधबार आयोजना गरेको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । त्यसअवधिमा मध्यपश्चिमक्षेत्रमा राज्यपक्षबाट ५१०, माओवादीबाट ७० र अज्ञात समूहबाट दुइसमेत ५८२ जनालाई बेपत्ता पारिएको जनाइएको छ ।त्यसअवधिमा विभिन्न जिल्लाबाट २१ हजार ८८३ जना विस्थापित भएको र माओवादीबाट कब्जामा लिइएका ३९७ घरपरिवारका दुइ हजार ३९६ बिघा जग्गा अझै फिर्ता नभएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सञ्जालका तर्फबाट इन्सेकका क्षेत्रीय संयोजक भोला महतले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा २०६१ मङ्सिरदेखि २०६५ कात्तिकसम्म राष्ट्रिय मानवअधिकार क्षेत्रीय कार्यालय, नेपालगन्जले छानबिन र कारबाहीका लागि सरकारलाई सिफारिस गरेका पीडितहरूका ११२ उजुरी मध्ये ६ उजुरीमाथि मात्र सरकारले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरिएको छ ।

No comments: