News

Dec 10, 2008

भूमिसुधार आयोग गठन गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषद्को बुधबारको बैठकले भूमिसुधारका क्षेत्रमा गर्नुपर्ने कार्यहरूको विस्तृत अध्ययन गरी सरकारसमक्ष सुझाव पेस गर्न नेकपा माओवादीका नेता हरिबोल गजुरेलको अध्यक्षतामा उच्चस्तरीय भूमिसुधार आयोग गठन गर्ने निर्णय गरेको छ ।उक्त आयोग सात सदस्यीय हुने भए पनि सत्ता साझेदार अन्य दलसँग परामर्श गरेर आयोगलाई चाँडै पूर्णता दिइने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले आयोगमा भूमिहीनहरूको समेत प्रतिनिधित्व गराइने बताउनुभयो ।साथै मन्त्रिपरिषद् बैठकले लगानी प्रवर्द्धन, सहकारी बोर्ड, स्वरोजकार कोष र शान्ति तथा सेवा केन्द्र स्थापना गर्नेसम्बन्धी विधेयकहरू संसदमा लैजाने निर्णय गरेको छ ।

No comments: