News

Dec 11, 2008

माओवादी कार्यकर्ताहरूले नुवाकोटमा घरजग्गा कब्जा गर्न थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी) का कार्यकर्ताहरूले नुवाकोटमा व्यक्तिको घरजग्गा कब्जा गर्न थालेका छन्। आफूलाई सहयोग नगरेको भन्दै उनीहरूले गाउँका सोझासीधा जनताको जग्गा हडप्न थालेका छन्। सदरमुकाम विदुरदेखि सात कोस पूवमा रहेको थानसिङ गाविस-४ मकैचौरनिवासी ४८ वषीय दामोदर अधिकारीको २ रोपनी ८ आना जग्गा माओवादीले संविधानसभा निर्वाचनमा कांग्रेसलाई भोट हालेको निहुँमा कब्जा गरेको पीडित अधिकारीले बुधबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो।दामोदरकी श्रीमती चन्द्रकुमारी अधिकारीको नाममा रहेको थानसिङ-३ बतासेचौतारोटारस्थित कित्ता नं. ९७६ नम्बरको ८ रोपनी ४ आना जग्गामध्ये २ रोपनी ८ आना जग्गा स्थानीय माओवादी कार्यकतँ कृष्णबहादुर श्रेष्ठले आठो मिचेर कब्जा गरेको पीडित अधिकारीले बताउनुभयो।अधिकारीले सो जग्गा स्थानीय इन्द्रबहादुर श्रेष्ठसँग २०६४ साल पुस १६ गते खरिद गर्नुभएको थियो। नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य विनोद पाठकले चाँडै प्रहरी प्रशासनमा उजुरी दिइने बताउनुभयो। यद्यपि माओवादी पक्षबाट उजुरी गरेमा ज्यानै खतरामा पर्ने धम्की दिइएको पीडित अधिकारीले बताउनुभयो।

No comments: