News

Dec 10, 2008

माओबादी र एकता केन्द्र मसालबीच चाँडै नै पार्टीएकता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीय समितिको बैठकले खरिपाटीमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकपछि संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले हिजोको बैठकमा बोल्ने केन्द्रीय समितिका सदस्यहरुले खरिपाटी भेलाको समीक्षा गर्नुका साथै एकता केन्द्र मसालसँग चाँडै नै पार्टीएकता गर्ने निर्णयमा बैठक पुगेको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता मोहन वैद्य, सिपी गजुरेल, डा. बावुराम भट्टराई, कृष्णबहादुर महरा, पोष्टबहादुर बोगटी, वर्षमान पुन लगायतका एघारजना केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा व्यक्त गर्नुभएको थियो ।बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीमा आन्तरिक लोकतान्त्रिक परिपाटी सुदृढ हुँदै गए पनि अझै सन्तुष्ट हुनसक्ने स्थिति नरहेको विचार व्यक्त गरेको बताइएको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले जनताको गणतन्त्र, जन-संविधान निर्माण, पार्टीको सांगठनिक संरचनामा परिवर्तन, एक पद एक व्यक्ति, जन-परिचालनमा जोड दिएको बताइएको छ ।बैठक आज विहानसम्मका लागि स्थगित गरिएको छ । बैठकले खरीपाटी भेलाले पारित गरेको अध्यक्ष दाहाल र वरिष्ठ नेता वैद्यको समायोजित दस्तावेजलाई छलफल गरी टुङ्गो लगाउने छ ।

No comments: