News

Dec 12, 2008

मधेसी भाइरस किलर्स नामको संगठनबीच चारबुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी वार्ता टोली र तराइमा सशस्त्र सङ्घर्ष गरिरहेको मधेसी भाइरस किलर्स नामको संगठनबीच प्रारम्भिक चरणको वार्तामा चारबुँदे सहमति भएको छ । राजधानीस्थित शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बिहीबार भएको वार्तामा तत्काल दुवै पक्षले कारवाही स्थगन गरी बन्दी बनाइएका भाइरसका कार्यकर्तालाई रिहा गर्ने, भाइरसका नेतालाई राजनीतिक व्यवहार गरिने तथा वार्ता अवधिभर वार्ता टोलीका सदस्यको पूर्ण सुरक्षा सरकारले गर्ने सहमति भएको छ ।यसैगरी, भाइरस किलर्सले राखेको राजनीतिक मागका सम्बन्धमा संविधानसभाद्वारा निर्णय गर्न आवश्यक पहल गरिने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक शान्ति तथा पुननिर्माण मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । भाइरस किलर्सले मधेसलाई अधिकारसम्पन्न र स्वायत्त बनाउनुपर्ने, बन्दी मुक्त गर्नुपर्ने, सरकारी धरपकड अन्त गर्नुपर्नेलगायत ११ बुँदे माग अघि सारेको थियो ।वार्तापपछि सञ्चारकर्मीसँग कुरा गर्दै किलर्सका तर्फबाट वार्तामा सहभागी टोली नेता जयप्रकाश यादवले मधेसी जनताको अधिकार सुनिश्चित गर्नेतर्फ वार्ता केन्द्रित भएको जानकारी दिनुभयो । अर्को वार्ता दुवैतर्फको आपसी सहमतिपश्चात् पछि तोकिने बताइएको छ ।सरकारी वार्ता टोलीमा संयोजक मन्त्री शर्मा, स्थानीय विकासमन्त्री रामचन्द्र झा र शिक्षामन्त्री रेणुकुमारी यादव तथा भाइरस किलर्सका तर्फबाट वार्ता टोलीका संयोजक यादव, नागरिक समाजका विनोद दत्तसमेत सहभागी हुनुहुन्थ्यो ।

No comments: