News

Dec 12, 2008

यातायात बन्दका कारण मेची अञ्चलको जनजीवन अस्तव्यस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुइ दिनदेखि यातायात मजदुरका विभिन्न पाँच सङ्गठनले गरेको बन्दका कारण मेची अञ्चलको जनजीवन अस्तव्यस्त बनेको छ । सार्वजनिक यातायात सेवा ठप्प भएका कारण सयौँ यात्रु काँकरभिट्टालगायतका ठाउँमा अलपत्र अवस्थामा छन् । पटकपटकको बन्दका कारण पहाडी जिल्लामा उपभोग्यवस्तु अभाव भएको छ ।सरकारले यातायात मजदुरको सुरक्षाको ग्यारेन्टी गर्न नसकेकाले काम गर्ने वातावरण नभएको भन्दै मजदुर सङ्गठनहरूले यातायात बन्द गरेका हुन् । यातायात व्यवसायसँग आबद्ध नेपाल यातायात मजदुर स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात सङ्घ, मेची चालक सङ्घ, नेपाल यातायात मजदुर सङ्घ पूर्वाञ्चल क्षेत्रीय समिति र मेची अञ्चल भलाइ कोषले बन्दको आहृवान गरेका हुन् ।पल्लो किराँत लिम्बुवान राष्ट्रिय मोर्चाका कार्यकर्ताले मङ्सिर १३ गते एक टयाक्सीचालकलाई कुटपिट गरेको विरोधमा ती संस्थाद्वारा अनिश्चितकालीन यातायात सेवा ठप्प पारिएको हो ।

No comments: