News

Dec 12, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र कार्यान्वयनमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैठक मङ्सिर पहिलो साता दलको केन्द्रीय भेलाद्वारा पारित जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको संयुक्त प्रस्तावलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने निर्णयसहित सत्तारुढ प्रमुख दल नेकपा माओवादी केन्द्रीय कार्यसमितिको बिहीबरा लागि स्थगित भएको छ ।बैठकमा बोल्ने २४ जना केन्द्रीय सदस्यले प्रस्तावमाथि धारणा राखेका थिए । केन्द्रीय उक्त प्रस्ताव पार्टीको उत्कृष्ट नीतिका रूपमा रहने उल्लेख गर्दै कार्यान्वयनमा पार्टी दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिएको पार्टीले जनाएको छ ।मंसिर पहिलो साताको राष्ट्रिय भेलाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता मोहन वैद्य किरणद्वारा प्रस्तुत भई पारित प्रस्तावहरूलाई मिलाएर जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र पारित गरेको थियो । प्रस्तावलाई पार्टी अध्यक्ष दाहालले एउटै बनाएर चालु बैठकमा मूल दस्तावेजका रूपमा प्रस्तुत गर्नुहुने बताइएको छ ।बैठकमा पार्टीको विधान एवम् अन्य आन्तरिक रणनीतिबारे पनि छलफल भएको थियो । शुक्रबार फेरि बस्ने बैठकले पार्टीको आगामी महाधिवेशनबारे पनि छलफल गर्ने बताइएको छ ।

No comments: