News

Dec 12, 2008

नवलपरासीमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बनभोजमा सहभागी भएर फर्कँदै गरेको एक स्कुलको बस नवलपरासीमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । चितवनको हिबर्ड स्कुलको बस बिहीबार बेलुका दुर्घटनामा परेको हो । मृत्यु हुनेमा अधिकांश विद्यार्थी र शिक्षकहरु रहेका छन् । बुटवलबाट नारायण गइरहेको बस नवलपरासी, गैंडाकोटको थुम्सी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुको सनाखत भइकेको छैन । प्रहरी र स्थानीय बासिन्दाहरुले घटनास्थलमा उद्धार गरिरहेका छन् ।ग१ख १४५९ नम्बर बस कसरी दुर्घटनामा पर्यो भन्ने खुलिसकेको छैन । बस पुलबाट उछिटि्टएकाले खसेर पूर्णरुपमा क्षत्रि्रस्त बनेको प्रहरीले जनाएको छ । बसमा ७० जनाभन्दा बढी चढेका थिए । घाइतेहरुको अवस्था समेत गम्भीर रहेको जनाइएको छ । उनीहरुकोचितवनस्थित भरतपुर अस्पताल, स्थानीय स्वास्थ्य संस्था र गम्भीर अवस्थाका घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

No comments: