News

Dec 8, 2008

सङ्घीय राज्य निर्माण गर्नु भनेको विष सेवन गर्नु बराबर - बिजुक्छे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जातजाति र भाषाका आधारमा सङ्घीय राज्य निर्माण गर्नु भनेको प्यास लागेको बेला झोल पाएँ भनेर विष सेवन गर्नु बराबर भएको बताउनुभएको छ । पार्टीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।उहाँले सङ्घीय राज्य कस्तो बनाउने, कति भागमा विभाजन गराउने भन्नेबारे गाउँ गाउँसम्म गइ व्यापक छलफल र बहस चलाउनुपर्ने बताउनुभयो । अध्यक्ष बिजुक्छेले माओवादी लडाकुलाई प्रतिस्पर्धाका आधारमा सेनामा समायोजन गर्न सकिने भए पनि शिविरमा रहेका लडाकु सबै नेपाली नै हुन् वा होइनन् भन्नेमा भने आफूलाई शङ्का लागेको आशङ्का उल्लेख गर्नुभयो ।वामपन्थी दलहरूको एकता गरेर भद्रगोल बनाउनुभन्दा आफ्नो छुट्टै पहिचान लिइराख्नु नै उपयुक्त हुने आफ्नो मान्यता रहेको बताउँदै अध्यक्ष उहाँले सरकारमा बसेका राजनीतिक दलहरूको गतिविधि नै अराजक हुँदै गएको टिप्पणी गर्नुभयो ।

No comments: