News

Dec 8, 2008

विश्व प्रवासी दिवस भब्य रुपमा मनाउन तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यही आउदो डिसेम्बर १४ तारीखका दिन विश्व प्रवासी दिवस भब्य रुपमा मनाउन तयारी भइरहेको कुरा आयोजक समितिले जनाएको छ । संयुक्तराष्ट संघ द्धारा सन १९९० मा अनुमोदन गरे पश्चात प्रत्यक बर्ष मनाउदै आइरहेको विश्व प्रवासी दिवसले संसारमा छरिएर रहेका प्रवासीहरुको मानव अधिकार सुनिश्चित बनाउनु मुल उदेश्य भएको आयोजकहरु बताउछन । कोरियामा रहेका बिभीन्न देश नेपाल बंगलादेश बर्मा फिलिपीन तथा अन्य राष्टहरुका संघ संस्थाहरु MTU लगायत कोरियाका मजदुरहरुको संगठन KCTU को संयुक्त आयोजनामा हुन गहिरएको उक्त कार्यक्रममा संपुर्ण प्रवासीहरुमा सहभागिताको लागी आवहान गरिएको छ । लाइन नं ५ गेट नं.१ KCTU सउल शाखा तथा MTU को कार्यालय सदेमुनमा हुने सो कार्यक्रममा बिभीन्न देशको खानाका बिभीन्न परिकारहरु निशुल्क बितरण तथा कला संकृतिको प्रस्तुति गराइने भएको छ । विश्व प्रवासी दिवस डिसेम्बर १८ तारीख भएतापनी छुटटीको दिन पारेर डिसेम्बर १४ आइतवारका दिन दिउसो २ बजे देखी मनाउन लागीएको आयोजकहरु बताउदछन ।

No comments: