News

Dec 3, 2008

युरोपेली फुटबलर अफ दि इयरको उपाधि क्रिस्टियानो रोनाल्डोलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फ्रान्सेली फुटबल म्यागेजिनले क्रिस्टियानो रोनाल्डोलाई युरोपेली फुटबलर अफ दि इयरको उपाधि दिएको छ । गत सिजन म्यानचेस्टर युनाइटेडका लागि च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा ४२ गोल गरेपछि उनले प्रतिष्ठित बालोन डी ओर ट्रफी पाएका हुन् । 'मेरा लागि सर्वाधिक सुन्दर दिन हो आज, सानैदेखि देखेको सपना पूरा भएको छ,' २३ वषरीय रोनाल्डोले वर्ष खेलाडी पुरस्कार पाएपछि भने । सो उपाधिको होडमा बार्सिलोनाका फरवार्ड लियोनल मेसी दोस्रो स्थानमा रहे । उता, लिभरपुलका फर्नान्डो टोरेसले तेस्रो स्थानमा चित्त बुझाए । वाइने रोनी, स्टेभेन जेरार्ड र फ्रान्क लाम्पार्ड पनि शीर्ष खेलाडीको दौडमा अर्का स्टार खेलाडी काकालाई पछि पार्न सफल भए । तर, ९६ मध्ये ७७ पत्रकारले मत दिएपछि रोनाल्डो सो उपाधि उम्काउन सफल भएका हुन् । 'यो ट्रफी म फेरि जित्न चाहन्छु किनकि यो राम्रो छ,' पोर्चुगलका स्टार रोनाल्डोले भने, 'मनमा धेरै भावना आइरहेका छन्, तर ती सबैलाई म व्यक्त गर्न सक्दिनँ ।' बलुन डी ओर ट्रफी पाउने उनी पोर्चुगलका तेस्रो खेलाडी हुन् । यसअघि, इएसिबिओ र लुइस फिगोले सो ट्रफी पाएका थिए । ओल्ड ट्राफोडबाट भने जर्ज बेस्ट, डेनिस ल र बबी चाल्र्टनपछि उनले यो पुरस्कार पाए । पि्रमियर लिग सिजनमा ३० भन्दा बढी गोल गर्ने उनी पाँचमध्येका एक खेलाडी हुन् । साथै, च्याम्पियन्स लिगमा सर्वाधिक ४२ गोल गरेकाले युरोपको उत्कृष्ट गोलकर्ताका रूपमा उनले गोल्डेन सु पनि पाए । सो उपाधि पाउने उनी पहिलो विंगरसमेत हुन् । गत सिजन निकै फलदायी भए पनि युरो-२००८ उनका लागि उपलब्धिमूलक बन्न सकेन । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिए पनि आप\mनो टोलीलाई माथि उठाउन उनले संघर्ष गर्नुपर्‍यो । उनको टोली पोर्चुगलले क्वार्टफाइनलसम्मको यात्रा मात्र गर्न सक्यो । सो पुरस्कार पाउन रोनाल्डोले चार सय ४६ अंक पाएका थिए । दोस्रो स्थानका लियनल मेसीले दुई सय ८१ अंक मात्र पाए । तेस्रो भएका फर्नान्डो टोरेसले भने एक सय ७९ अंक मात्र पाएका थिए । गत वर्षका विजेता काकाको नाममा यसपटक ३१ अंक मात्र पर्‍यो । उनी आठौं स्थानमा रहे ।
यसअघिका विजेता
२००७ काका
२००६ फाबियो कानाभारो
२००५ रोनाल्डिन्हो
२००४ एन्ड्री सेभेचेन्को
२००३ पावेल नेदभेड
२००२ रोनाल्डो
२००१ माइकल ओवेन
२००० लुइस फिगो

No comments: