News

Dec 3, 2008

थाई सत्तारुढ दल अदालतबाट विघटन गर्ने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थाइल्यान्डको संवैधानिक अदालतले तीन सत्तारूढ दलहरूलाई निर्वाचनमा धाँधली गरेको भनी विघटन गर्ने आदेश दिएको छ । ती तीनवटै दलका कार्यकारी प्रमुखलाई पाँच वर्षसम्म राजनीति गर्नसमेत प्रतिबन्ध लगाइएको छ । यस फैसलाले अब प्रधानमन्त्री सोम्चाई बोग्सावातले पदबाट हात धुनुपर्ने भएको छ । मंगलबार संयुक्त सरकारका घटक दलहरू जनशक्ति पार्टी, चार्ट थाई पार्टी र माचिमा थिपाताया पार्टीलाई निर्वाचनमा धाँधली गरेको ठहर्‍याइ तिनको विघटन गर्न आदेश जारी गरिेएको छ । थाई संविधान, २००७ को सम्बन्धित प्रावधान उल्लेख गर्दै अदालतले ती तीनवटै पार्टीका उच्च कार्यकारीले पाँच वर्षसम्म राजनीति गर्न नपाउने गरी सजाय तोकेको हो । मंगलबारका दिन उक्त फैसला पढेर सुनाउन करिब ४० मिनेट लागेको थियो । २००६ मा यसै अदालतले थाई राक पार्टीका संस्थापक थाक्सिन सिनावात्रासहित एक सय ११ जना राजनीतिक व्यक्तिहरूलाई पाँच वर्षसम्म राजनीति गर्न प्रतिबन्ध लगाएको थियो । विपक्षीहरूले जनशक्ति पार्टी -पिपिपी) लाई सिनावात्राको दल थाई राक पार्टीकै औतार भएको मान्छन् । पिपिपी भनेे न्यायाधीशहरू सरकारप्रति 'वायस' भएको भन्दै मंगलबारको उक्त फैसला सुन्न उपस्थित भएन । संविधानअनुसार यस फैसलाले पिपिपीका कायममुकायम प्रमुख नेता तथा प्रधानमन्त्री सोम्चाई बोग्सावातको प्रधानमन्त्रीत्व गुम्ने भएको छ । उनीसँगै पूरै मन्त्रिमण्डल खारेज हुनेछ तर पार्टी कार्यकारीमा नरहेका उपप्रधानमन्त्री भने कामचलाउ प्रधानमन्त्रीका रूपमा आउन सक्ने सम्भावना छ । ८ जुलाईमा सर्वोच्च अदालतले पिपिपीका पूर्वउपनेता तथा पूर्वसभामुख योंगुथ थियापाइरातलाई डिसेम्बर २३ मा सम्पन्न आमनिर्वाचनमा भोट किनेको अभियोगमा पाँच वर्षसम्म राजनीतिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । यसो नभएको भए सो पार्टीले धेरै भोट पाउने अड्कल गरिएको थियो । थाई संविधान, २००७ अन्तर्गतको निर्वाचन ऐनअनुसार कुनै राजनीतिक दलको कार्यकारी सदस्य पदमा रहेको व्यक्तिले निर्वाचनमा धाँधली गरेको स्वीकार गरेमा उसको दल विघटन गर्न सकिन्छ र पार्टीका कार्यकारी समितिमा रहेका व्यक्तिलाई पाँच वर्षसम्म राजनीति गर्नबाट रोक लगाउन सकिन्छ ।
विमानस्थलको हडताल समाप्त
सरकारविरोधी प्रदर्शनकारीले एक हप्तादेखि कब्जा जमाएको थाई विमानस्थल मुक्त भएको छ । सरकार विघटन गर्न अदालतले दिएको आदेशपछि आन्दोलनकारी विमानस्थलमा जारी हडताल अन्त गर्न सहमत भएका हुन् । हडतालको अन्तसँगै विमानस्थलमा अलपत्र हजारौं यात्रु बिहीबारसम्म आफ्नो गन्तव्यतिर लाग्ने एक अधिकारीले बताए ।
नया नाममा संगठित हुने
सत्तारुढ जनशक्ति पार्टी (पिपिपि) ले मंगलबार पार्टी सदस्यहरू नयाँ नाम राखेर पुनः संगठित हुने र नयाँ प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने बताएको छ । अदालतले पिपिपीलाई विघटन गर्ने र प्रधानमन्त्री सोमचाई वोंसावातलाई राजनीति गर्न नपाउने गरी प्रतिबन्ध लगाएको केही मिनेटपछि नै पिपिपीको यो प्रतिक्रिया आएको हो । पिपिपिका प्रवक्ता कुदैव सैकराजंगले संवैधानिक अदालतलको फैसलालाई ध्यानमा राखेर पार्टीले यसअघि नै एक सेल अर्गनाइजेसन गठन गरिसकेको जानकारी दिए । 'यो अत्यासलाग्दो निर्णयबाट म दुःखित छु, जसको प्रतिवाद गर्ने मौका नै हामीलाई दिइएन,' कुदैवले भने । कुदैवका अनुसार पिपिपीका बाँकी दुई सय १६ सदस्य नयाँ फेन थाई पार्टीमा सर्नेछन् र नयाँ प्रधानमन्त्री निर्वाचनका लागि संसद् डाक्न प्रयास गर्नेछन् ।

No comments: