News

Dec 12, 2008

हङकङमा चासोक तङनामको आयोजना भव्यताका साथ मनाउँने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
यहि आउँदो डिसेम्वर २५,२००८ मंगलवारका दिन किरात याक्थुङ चुम्लुङ,हङकङले किरात (याक्थुङ)हरुको महान् चाड चासोक तङनामको आयोजना भव्यताका साथ मनाउँने तयारी भैरहेको कुरा चुम्लुङ,हङकङका सचिव नन्द चङसुले लिम्वूवान डट व्लगस्पोट डटकमलाई जानकारी दिनु भयो । साथै चासोक तङनाम सुअवशरमा याक्थुङ संस्कार संस्कृतिमा आधारित केलाङ (च्याव्रुङ) यालाङ (धाननाँच),माङलाङ,हाक्पारे साम्लो,लिम्वू गीत तथा नृत्य प्रस्तुत गरिनुका साथै वि.वि.क्यु. कार्यक्रमको समेत आयोजना गरिनेभएकोछ । उक्त दिन उत्कृष्ठ लिम्वू भेषभुषा एवं संस्कृति झल्काउँने वस्त्र,पहिरन,आभुषणमा उपस्थित हुनुहुने महानुभावहरुलाई पहिलो,दोस्रो,तेस्रो तथा विशेष पुरस्कारको पनि व्यावस्था समेत गरिएकोछ । साथै लिम्वू खाद्य परिकारहरुको विशेष प्रस्तुती गरिने कार्यक्रम रहेको समेत सचिव नन्द चङसुले जानकारी दिनुभयो । हरेक वर्ष किरात (याक्थुङ)हरुको महान् चाड चासोक तङनामको आयोजना भव्यताका साथ किरात याक्थुङ चुम्लुङ,हङकङले गर्दै आएकोछ

No comments: