News

Dec 13, 2008

स्रष्टाको सम्मान गर्न राष्ट्रकविद्वारा राज्यको ध्यानाकर्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्ना उत्कृष्ट बालसाहित्य पाठयपुस्तकमा समावेश नभएको भनी गुनासो गर्दै स्रष्टाको सम्मान गर्न र उनीहरुलाई बाँच्नसक्ने परिस्थिति सिर्जना गर्न राज्यको ध्यानाकर्षा गर्नुभएको छ ।कला-साहित्यको फाँटमा समर्पित प्रतिभालाई उपेक्षा गरिए राष्ट्रको मानसम्मान एवम् समृद्धि हुन नसक्ने धारणा सम्बद्ध क्षेत्रबाट आएको बेला उहाँले राज्यको ध्यानाकर्षण गराउनुभएको हो । सङ्गीत रोयल्टी सङ्कलन समाजको आयोजित साधारणसभामा र्सजकहरुले आफूहरुको श्रम, पसिना र क्षमतामाथि खेलबाड भइरहेको भनी प्रतिलिपि अधिकार र रोयल्टी सङ्कलन कार्यलाई कानुनसम्मत व्यवस्थित गर्न सरकारसँग आग्रह गर्नुभयो । मुख्यसचिव डा. भोजराज घिमिरेले कृतिकारको सम्मान हुननसक्नु दुःखको विषय हो भन्दै आफ्नो अधिकार प्राप्त गर्न र्सजक नै सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । समाजका अध्यक्ष यादव खरेलले गीतकार, सङ्गीतकार तथा गायन क्षेत्रका प्रतिभाको संयुक्त पहलमा अधिकार प्राप्त गर्ने कार्य भइरहेको हुँदा सो कदममा साथ दिन सबैसँग आग्रह गर्नुभयो ।

No comments: