News

Dec 13, 2008

भाइरस किलर्सले आफ्ना सेनालाई नेपाली सेनामा समायोजन गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी भाइरस किलर्सले आफ्ना सेनालाई नेपाली सेनामा समायोजन गर्न माग गरेको छ । रिपोर्टर्स क्लबमा शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष जयप्रकाश यादवले आफूहरूसँग भएका एक हजार सेनालाई नेपाली सेनामा समायोजन गर्न माग गरेका हुन् । आफूहरुसँग एकहजारको सङ्ख्यामा सेना रहेको दाबी गर्दै यादवले तिनलाई नेपाली सेनामा समायोजन गरी राष्ट्रिय सेनाको स्वरूप दिनुपर्ने माग गरे । उनले आफूहरूसँग पाँचदेखि सातसयको सङ्ख्यामा हतियार रहेको र पार्टीले भारतको भूमिबाट नभइ नेपाली भूमिबाटै सङ्घर्ष गरेको दावी गरे ।अध्यक्ष यादवले अब युद्ध जारी राख्ने पक्षमा नरहेको र आफ्ना मागहरू पूरा भए पार्टी वैचारिक सङ्घर्षमा रूपान्तरित हुने जानकारी दिए । स्वायत्त मधेस एक प्रदेशका लागि मधेसको सीमारेखा तय हुनुपर्ने र सरकार मधेसको सीमारेखाबारे स्पष्ट हुनुपर्ने बताउँदै उनले मधेस पूर्वबाट पश्चिमसम्मको २४ जिल्ला भएको दावी गरे ।पार्टीका अन्य नेताहरूमाझ उपस्थित यादवले थुनामा रहेका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने, मधेसी, दलित, जनजाति, पिछडावर्गको अधिकार सुनिश्चित गर्नुपर्ने तथा सुरक्षाको प्रत्याभूति हुनुपर्ने उनको माग थियो । उक्त पार्टी र सरकारबीच बिहीबार वार्ता भइ चारबुँदे सहमति कायम भएको थियो ।

No comments: